इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

काठमाडौं । इरान र इजरायलले शनिबार राति फेरि एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्।
दुई देशबीच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी रहेको छ, यो अझै मिसाइल हानाहान भइरहेको छ ।
समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।
उता, इरानले पनि जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । आक्रमणमा ५ इजरायलीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । इरानले पनि ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ ।
इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
इरानले दोस्रो पटक प्रहार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा एक ६० वर्षीया महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
इजरायलमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन् ।








कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया