टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर बस्नेतलाई नेपाल प्रहरीको
साइबर ब्यूरोले पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आज भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पु¥याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।
प्रहरीका अनुसार बस्नेतले सार्वजनिक व्यक्तित्व तथा संस्थाहरूमाथि निराधार आरोप लगाउँदै चरित्र हत्या गर्ने खालका सामग्रीहरू प्रसारण गर्ने कार्य निरन्तर गर्दै आएकी थिइन्।
उनीविरुद्ध इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको छ भने काठमाडौं जिल्ला अदालतको आदेशमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
प्रतिक्रिया