दुई दिनमा एअर इण्डियाकाे तेस्राे विमानमा पनि प्राविधिक समस्या

भारत । अमेरिकाकाे सान फ्रान्सिस्कोबाट मुम्बई गइरहेकाे एयर इन्डियाको उडानमा आज प्राविधिक समस्या देखिएकाे छ । कोलकाता विमानस्थलमा अवतरण भई मुम्बई गइरहेको विमानमा मंगलबार बिहान समस्या देखिएपछि एअर इन्डियाले यात्रुहरू ओरालेको छ । उडान नम्बर AI180 कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२००LR (वर्ल्डलाइनर) विमान मङ्गलबार बिहान १ बजे कोलकाता आइपुगेकाे थियाे । बिहान २:०० बजे मुम्बईका लागि उडान भर्नु पर्ने थियो। विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण टेकअफ ढिलो भयो। त्यसपछि बिहान ६ बजेतिर क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओर्लन भने। उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए ।
यसअघि सोमबार हङकङबाट दिल्ली आउने एउटा उडान र दिल्लीबाट राँची जाने एयर इन्डियाका दुई उडानहरूमा समेत समस्या देखिएकाे थियाे । हङकङबाट दिल्ली आउने एयर इन्डियाको उडान (नम्बर AI315)मा प्राविधिक समस्या देखिएपछि हङकङ फर्किनुपरेकाे थियाे । यसमा प्राविधिक गडबडी भएको रिपोर्ट गरिएको थियो। यो उडान बोइङ ७८७-८ ड्रीमलाइनरको थियो। यस्तै साेमबारनै दिल्लीबाट राँची जाने एयर इन्डिया एक्सप्रेसको उडान शंकास्पद प्राविधिक समस्याका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काइएको थियो।
बोइङ ७३७ म्याक्स ८ विमान साँझ ६:२० बजे राँचीको बिरसा मुन्डा विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। यसरी २ दिनका बिचमा एअर इन्डियाकाे ३ विमानमा समस्या आउनु र गत बिहीबार विमाननै दुर्घटनामा पर्नुले भारतकाे उड्यन क्षेत्रमा व्यापक निराशा ल्याएकाे छ । गत बिहीबार एअर इन्डियाकाे भारतकाे अहमदाबादबाट बेलायतकाे लण्डना लागि उडेकाे जहाज दुर्घटना हुँदा जहाजमा रहेका २४१ र दुर्घटनास्थलमा रहेका ३४ गरि २७५ जनाकाे मृत्यु भएकाे थियाे ।










ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया