कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणमा सई हरजीत नाथ पक्राउ
मेरोन्यूज
२०८२ असार ५ गते १६:१४

धनगढी। कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुराका २८ वर्षीय हरिस सिंह पालीको मृत्युपश्चात् परिवारले उठाएको आरोप र किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले सई नाथलाई नियन्त्रणमा लिएको हो।
पीडित पक्षले दिएको किटानी जाहेरीअनुसार सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दियाे।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसको कैलाली कारागारमा मृत्यु भएको थियो। मृतककी श्रीमती जानकी साउँदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी थिइन्।
सम्बन्धित













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया