विदेशी लगानीको परिदृश्य कमजोर बन्यो: संयुक्त राष्ट्रसङ्घ

काठमाडाैं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न अनिश्चितताका कारण सन् २०२५ का लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ऋणात्मक रहेको संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास निकाय युएनसिटिएडीले जनाएको छ ।
सन् २०२५ को विश्व लगानी प्रतिवेदनमा युएनसिटिएडीले भनेको छ, ‘धेरै युरोपेली अर्थतन्त्रहरूमार्फत अस्थिर वित्तीय प्रवाहलाई हटाउन आर्थिक सतर्कता अपनाउँदा गत वर्ष एफडिआई ११ प्रतिशतले घटेर १.५ ट्रिलियन डलरमा झरेको छ ।
गुटेर्रेसले भने, ‘विश्वले सहयोगलाई प्रगाढ बनाउँदै र अवसर विस्तार गर्नुपर्ने समयमा हामीले यसको ठीक उल्टो भइरहेको देखिरहेका छौँ ।’
‘अवरोधहरू बढ्दै छन्। विश्वव्यापीकरण पछि हटेको छ र दिगो विकासको लागि परिणामहरू गम्भीर बनेका छन् ।
‘बढ्दो व्यापार तनाव, नीतिगत अनिश्चितता र भूराजनीतिक विभाजनले लगानीको वातावरणलाई अझ खराब बनाउने खतरा छ,’ उनले भने ।
युएनसिटिएडीकी प्रमुख रेबेका ग्रिनस्पानले पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यसले प्रत्यक्ष वैदेशिक लगानी (एफडआई) कमजोर रहेको स्पष्ट र अत्यावश्यक सन्देश दिएको बताइन् ।
सन् २०२४ मा अन्तर्राष्ट्रिय तनाव, व्यापार विखण्डन र तीव्र औद्योगिक नीति प्रतिस्पर्धाका कारण लगानीको परिदृश्यलाई आकार दिइएको युएनसिटिएडीले जनाएको छ ।
‘यी कारणहरूले ‘दीर्घकालीन लगानीकर्ताको विश्वासलाई कमजोर पारिरहेको छ’, युएनसिटिएडीले भनेको छ।
ग्रिनस्पानले कोभिड–१९ महामारीपछि पहिलो पटक गत वर्ष व्यापारमा सुधारको राम्रो सङ्केत देखिएको तर हालको अनिश्चितताले सन् २०२५ का लागि त्यो सम्भावनालाई समाप्त पारेको बताए।
उनले भने, ‘हामीसँग रहेको समस्या के हो भने हामीले अप्रिलमा ट्रम्पले सुरु गरेको व्यापार युद्ध अन्त्यको तत्काल सम्भावना रहेको कल्पना गरिरहेका छैनौँं ।’
विकसित अर्थतन्त्रमा प्रत्यक्ष वैदेशिक लगानी एफडिआईमा २२ प्रतिशतले गिरावट आएको र युरोपमा ५८ प्रतिशतले गिरावट आएको युएनसिटिएडीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा उत्तरी अमेरिकाले २३ प्रतिशतको वृद्धिको साथ यो प्रवृत्तिलाई कम गरेको छ । विकासशील देशहरूमा व्यापक रूपमा प्रवाह स्थिर देखिएको छ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया