रौतहटमा अवैध ४५ लाखको समानसहित ट्रक बरामद

रौतहट। रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे तिर चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर नजिकै चेकजाँचका क्रममा सो ट्रकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।
अनुमानित ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सरसामान बिना कागजात राखिएको भन्दै प्रहरीले सो सम्बन्धमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी दिपक कुमार रायले आवश्यक करछलीको अनुसन्धानको लागि ट्रक र सामान सम्बन्धित निकायमा बुझाइएको न्युज कारखानालाई बताए ।














बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेकपा र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया