इरानले फेरि हान्यो इजरायलमा मिसाइल
मेरोन्यूज
२०८२ असार ६ गते २१:१०

काठमाडौं । इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ।
अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय नाबालिगसहित तीन जनाको अवस्था गम्भीर छ।
यसअघि आज बिहान इजरायली सहर बेरशेबामा रहेको माइक्रोसफ्ट कार्यालयनजिकै इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ।
जसका कारण धेरैवटा कारमा आगो लागेको छ। नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।
इरानले बिहीबार बेरशेबाको अस्पतालमा मिसाइल प्रहार गर्दा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
आज इरान र इजरायलबीच जारी युद्ध आठौँ दिनमा प्रवेश गरेको छ।
वासिङ्टनस्थित मानव अधिकार संस्थाले अहिलेसम्म इरानमा मारिएकाको संख्या ६५७ पुगेको र २,०३७ जना घाइते भएको दाबी गरेको छ। उता इजरायलमा २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएको बताइएको छ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया