रुसलाई हतियार बनाउने औजार आपूर्ति पश्चिमा कम्पनीले गराएको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने ‘उपकरण’ उपलब्ध गराएको आरोप लगाएका छन् । जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया र जापानका कम्पनीका साथै थोरै संख्यामै भएपनिसंयुक्त राज्य अमेरिकाबाट पनि हतियार बनाउने उपकरण रूसले लिने गरेको उनले बताए ।
युक्रेनले सन् २०२२ मा आक्रमण गरेयता रुसमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालेको सङ्केत गर्दै आएको छ र मस्कोले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला परेको बताएको छ । जेलेन्स्कीले भने, “रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेशिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरुले हतियार बनाउन प्रयोग गर्छन् ।
रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेको तर दर्जनौं पश्चिमा कम्पनीहरू पनि दोषी रहेको उनले बताए । “हामीले यी सबै जानकारी हाम्रा साझेदार सबै देशहरूलाई गराएका छौँ । हामी सबैलाई यी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन जोडदार आग्रह गर्दछौँ,” राष्ट्रपति जेलेन्स्कीले भने ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया