विकले हात पारिन गण्डकी लोकताराको उपाधि

गण्डकी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पारेका छन्। शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल हुनुभएको हो । विकले उपाधिसँगै नगद पुरस्कार रु ५१ हजार १११ प्राप्त गरे ।
प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङले दोस्रो स्थान हासिल गर्दै रु ३१ हजार १११, तृतीय स्थान प्राप्त गर्ने म्याग्दीका विजय परियारले रु २१ हजार १११ प्राप्त गर्नुभयो । सान्त्वना स्थान हासिल गर्ने दिलीप मानन्धरले रु ११ हजार १११ प्राप्त गरे । उत्कृष्ट आवाजतर्फको उपाधि गोरखाका पवनसिंह परियारलाई प्रदान गरियो ।
प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई निःशुल्क गीत रेकर्डिङको समेत अवसर दिइने प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो । प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लास्तरीय ‘अडिसन’बाट छानिएका १८ प्रतिस्पर्धीले भाग लिएका थिए ।
मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो । प्रतियोगिताको निर्णायकमा गायक दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपानेलगायत रहेका छन्। विश्व सङ्गीत दिवसको अवसर पारेर प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका थिए ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया