इरानले इजरायलमाथि पहिलोपटक प्रहार गर्याे खैबर-शाकान मिसाइल

इरान । इरानले आक्रमणको बीसौं लहरमा आज पहिलोपटक खैबर-शाकान बहु-वारहेड ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ ।
इरानकाे इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको जनसम्पर्क कार्यालयले अपरेशन प्रमिस ३ को बीसौं लहर अन्तर्गत आज ४० वटा ठोस र तरल इन्धन क्षेप्यास्त्रहरूको प्रहार गरिएको जनाएको छ ।
यस अपरेशनमा एयरोस्पेस मिसाइलहरूको तेस्रो पुस्ताको खैबर-शाकान बहु-वारहेड ब्यालिस्टिक मिसाइल पहिलो पटक प्रयोग गरिएको थियो । जसले अझ सटीक, विनाशकारी र प्रभावकारी प्रहारको लागि नयाँ र आश्चर्यजनक रणनीतिहरू प्रयोग गरेको इरानले जनाएको छ ।
आज इजरायलको जैविक अनुसन्धान केन्द्र र वैकल्पिक कमाण्ड र नियन्त्रण केन्द्रहरू, बेन-गुरियन विमानस्थलमा निर्देशित क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानले जनाएको छ ।
ती क्षेप्यास्त्र अवतरणको समयमा वारहेडलाई चलाउन सक्षम थिए, प्रभावको क्षणसम्म निर्देशित थिए, र विभिन्न प्रकारका उच्च-विस्फोटक र विनाशकारी वारहेडहरूले सुसज्जित रहेको इरानक रिभोलुसनरी गार्ड कोर्प्सको दाबी छ ।
रिभोलुसनरी गार्ड कोर्प्सले इरानको सशस्त्र सेनाको क्षमताको मुख्य भागहरु अझै परिचालन नगरिएको भन्दै ती अझै घातक रहेकाे दावी गरेकाे छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया