अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा
मेरोन्यूज
२०८२ असार ९ गते १५:२४

काठमाडौँ । अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता भएको छ ।
चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव भोगेको भन्दै झापाका नरेन्द्रबहादुर श्रेष्ठले योग्यता भण्डारीको वारेसमार्फत सोमबार अदालतमा मुद्दा दायर गरेका हुन् ।
अभिनेता केसीले चलचित्रको नायिकालाई दिएको मोबाइल आफ्नो भएको दाबी फिरादपत्रमा गरिएको छ । चलचित्रमा अभिनेता केसीले निभाएको पात्रले चलाएको मोबाइलमा देखिने नम्बर आफ्नो भएको र चलचित्र सार्वजनिक भएपछि दिनहुँ अपरिचित व्यक्तिबाट सयौँ फोन आएर आफू मानसिक तनावमा परेको निवेदनमा भनिएको छ । साथै उचित क्षतिपूर्ति सहित विपक्षीलाई कारबाहीको माग समेत गरिएकाे छ ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया