इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन्

वासिङ्गटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न अझै इच्छुक रहेको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसले यदि इरानी सरकारले संवाद गर्न अस्वीकार गरेमा त्यहाँका जनताले शासक परिवर्तन गर्नुपर्ने संकेत पनि ट्रम्पले गरेका छन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार पत्रकारहरूसँगको कुराकानीमा उक्त भनाइ सार्वजनिक गरेकी हुन् ।
‘अझै पनि राष्ट्रपति ट्रम्प कूटनीतिक वार्ताका लागि तयार छन् । यदि इरानी शासनले शान्तिपूर्ण कूटनीतिक समाधानमा आउन अस्वीकार गर्छ भने दशकौंदेखि दमनमा परेका इरानी जनताले यो अत्यन्त हिंसात्मक शासनबाट शक्ति खोस्नु किन नपर्ने ?’, उनले भनेकी छन् ।
यसैबीच अमेरिकी रक्षा सचिव पीट हेगसेथले आइतबार इरानी आणविक साइटहरूमा भएको बम आक्रमणको उद्देश्य शासन परिवर्तन भएको बताएका थिए ।
तर त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि हालको इरानी नेतृत्वले इरान ग्रेट अगेन बनाउन नसक्ने हो भने शाक परिवर्तन किन नहोला?’
ट्रम्पक यस अभिव्यक्तिले अमेरिकी प्रशासनको कूटनीतिक रणनीति र आक्रमणबीचको विरोधाभास उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।
ट्रम्पको भनाइले इरानभित्रको राजनीतिक अस्थिरता झनै गहिरिन सक्ने संकेत पनि दिएको छ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया