शनिबार, वैशाख १९, २०८३

विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेद्वारा ‘ह्वीप’ जारी

मेरोन्यूज २०८२ असार १० गते ९:५७

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

Advertisement
NiccNicc

उहाँव्दारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२÷८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।”

प्रतिक्रिया