‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

काठमाडौँ। यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेशनले यहाँ आज पत्रकार सम्मेलन गरी रु एक लाख राशिको सो पुरस्कार व्यवसायी शेर्पालाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तिका अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । पर्यटन व्यवसायी शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँमा जन्मिएका हुन् । उनले ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय रहनुका साथै नेपाल पर्वतारोहण सङ्घको पटक पटक गरी १५ वर्ष अध्यक्षका रूपमा नेतृत्व गर्नु भएको छ । शेर्पा अहिले पनि जलवायुमैत्री हिमाली सङ्गठन, विश्व पर्वतारोहण महासङ्घ, एसिएन पर्वतारोहण महासङ्घ, विश्व पर्वतारोही सङ्घ, हिमालयन होष्ट कन्ट्रिजजस्ता संस्थामा नेतृत्वकारी भूमिका निर्वाह गरिरहेका छन्।
फाउण्डेशनले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता भण्डारीकोे योगदानको स्मरण गर्दै उनको विचार र मार्ग दर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण काम गर्ने संस्था र व्यक्तित्वलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न २०६८ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया