सोमबार, चैत ३०, २०८२

अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की

मेरोन्यूज २०८२ असार १३ गते १५:५५

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक स्थलहरूमा आक्रमणको प्रभावलाई ‘अतिरञ्जित’ गरेको दाबी गर्दै अमेरिकी सैन्य अड्डाहरूलाई फेरि निशाना बनाउने धम्की दिएको टाइम्स अफ इजरायलले रिपोर्ट गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार टेलिभिजन भाषणमा खामेनीले इजरायलले सुरु गरेको १२ दिने हवाई युद्धमा इरानको विजय भएको र अमेरिकालाई ‘गम्भीर थप्पड’ लगाएको दाबी गरेका छन्। इरान र इजरायलबीच युद्धविराम घोषणा भएपछि आफ्नो पहिलो भाषणमा उनले यस्तो टिप्पणी गरेका हुन्।

“अमेरिकी राष्ट्रपतिले असामान्य तरिकामा घटनाहरू बढाइचढाइ गर्नुभयो र यो थाहा भयो कि उहाँलाई यो अतिशयोक्तिको आवश्यकता थियो”, उनले भने।

खामेनीले अमेरिकाले ‘यो युद्धबाट केही पनि प्राप्त नगरेको’ भन्दै अमेरिकी आक्रमणले इरानी आणविक सुविधाहरूमा ‘केही महत्त्वपूर्ण काम नगरेको’ बताए।

“इस्लामिक गणतन्त्रले जित्यो र बदलामा अमेरिकाको अनुहारमा कडा थप्पड हान्यो”, टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार कतारमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरेर इरानले गरेको मिसाइल आक्रमणको सन्दर्भमा द्वन्द्वमा विजयको दाबी गर्दै उनले भने।

उनले धम्की दिँदै भने, “यस्तो कार्य भविष्यमा पनि दोहोर्‍याउन सकिन्छ र इरानसँग यस क्षेत्रका मुख्य अमेरिकी केन्द्रहरूमा पहुँच छ र आवश्यक ठानेको बेला कार्य गर्न सक्छ।”

अमेरिकाले आइतबार बिहान ‘अपरेसन मिडनाइट ह्यामर’ अन्तर्गत तीनवटा प्रमुख इरानी आणविक सुविधामा सटीक हवाई आक्रमण गरेपछि पश्चिम एसियामा तनाव बढेको छ।

इरानले कतारको अल उदेद हवाई अड्डासहित कतार र इराकमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूमा धेरै मिसाइल प्रहार गरेर जवाफ दिएको सिएनएनले जनाएको छ।

प्रतिक्रिया