गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए

एजेनसी। उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले गरेका हवाई आक्रमणमा कम्तिमा ३९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाइएको छ ।
मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुईवटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल–रिमलको अल–थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रमणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ ।
सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा दस प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । गाजा पट्टीको उत्तरमा जबालिया अल–बलादको दर्दुना जङ्क्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरुको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया