थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबार हजारौंको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै पदर्शन गरेका छन् । कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेका थिए ।
टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उहाँलाई ‘अङ्कल’ भन्नुभएको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेकाे बिषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ । लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीय प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो । शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्याण्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए ।
प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गरे!” प्रदर्शनमा प्रायः वृद्ध वृद्धहरू थिए र ‘पहेंलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो । थाक्सिनका पूर्व सहयोगी तर अहिले उहाँका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहेका थिए ।
“म यहाँ थाइल्याण्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य छन् भन्नका लागि आएको हुँ,’ ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भने । उनले एएफपीसँगको कुराकानीमा भने, “जब मैले गोप्यरूपमा बाहिरिएको कल सुनेँ तब मलाई थाहा भयो कि म उनलाई विश्वास गर्न सक्दिनँ ।”
उनले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई सङ्केत गर्दै थप्नुभयो, “म धेरै राजनीतिक संकटहरूबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदैछ। प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिन्छन्।” थाइल्याण्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि सङ्घर्ष रहँदै आएको छ ।
यसलाई उनीहरूका विरोधीहरूले परम्परागत सामाजिक व्यवस्थाको लागि खतरा मानेका छन् । अर्का एक पदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ’रातो सर्ट’ समूहको भएको तर आफ्नो रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेतोङ्टार्नको राजीनामा माग गरेको बताए। उनले भने, “देशलाई माया नगर्ने थाइ साथीलाई देख्दा मलाई पीडा हुन्छ।”
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया