एआई र हरित विकासमा सर्बियाको ऐतिहासिक लगानी

सर्बिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) र हरित प्रविधिमा आधारित अनुसन्धान कार्यलाई प्रवद्र्धन गर्न दुईवटा नयाँ अनुदान कार्यक्रमको घोषणा गरेको छ, जसअन्तर्गत ११ करोड अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग प्रदान गरिनेछ ।
सर्बियाको विज्ञान कोषका निर्देशक नेनाद फिलिपोभिचका अनुसार ‘कृत्रिम बुद्धिमत्ता अनुसन्धान परियोजनाहरूका लागि कार्यक्रम’ अन्तर्गत नौ करोड ८४ लाख अमेरिकी डलर बराबरको रकम विनियोजन गरिएको छ । उक्त कार्यक्रम दुई वर्षको अवधिमा सञ्चालन हुनेछ र यस अन्तर्गत स्वास्थ्य सेवा, जैव प्रविधि, शिक्षा, कृषि तथा सूचना सुरक्षासम्बन्धी विषयवस्तुमा केन्द्रित भई झण्डै २५ देखि ३० परियोजनालाई सहयोग पुर्याइनेछ ।
यस कार्यक्रमलाई युरोपेली संघ र विश्व बैंकको सहकार्यमा अगाडि बढाइने छ । यसैगरी, ‘हरित कार्यक्रम–विज्ञान तथा उद्योग सहकार्य’ को दोस्रो चरणका लागि एक करोड १७ लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको छ । राष्ट्रिय बजेटबाट सञ्चालित यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ, जसले वातावरणको संरक्षण, फोहोर तथा फोहोरपानी व्यवस्थापन, माटो तथा हावाको शुद्धता कायम राख्न र जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
सर्बियाकी वातावरण संरक्षण मन्त्री सारा पाव्कोभले सो कार्यक्रमहरूको सुरुवातप्रति खुसी व्यक्त गर्दै भने, “म यो हरित कार्यक्रमबाट वातावरणीय रूपान्तरणका लागि अत्यावश्यक नवीन समाधानहरू प्राप्त हुने अपेक्षा राख्छु, जसले व्यवहारमा आधारित महत्त्वपूर्ण परिणामहरू दिन सक्नेछ । यी प्रयासहरू हामीलाई स्वच्छ र दिगो भविष्यतर्फ अघि बढाउन मद्दत गर्नेछन् ।”










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया