विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु

पहलगाम । हिन्दुहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन् । धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन् ।
गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले घेरिएको हिमाली पहाडको गुफामा अवस्थित पवित्र बरफ स्तम्भको अमरनाथ तीर्थयात्रामा पाँच लाख भक्तजनले भाग लिएका थिए ।
पहलगाम त्यो स्थल हो जहाँ २२ अप्रिलमा बन्दुकधारीहरूले २६ जना हिन्दु पर्यटकको हत्या गरेका थिए । नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको थियो भने इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको थियो । बन्दुकधारीको उक्त आक्रमणले परस्पर कूटनीतिक उपायहरूको शृङ्खला सुरु गर्यो र यो चार दिनको द्वन्द्वमा परिणत भयो ।
सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणमा ७० भन्दा बढी मानिस मारिएका थिए ।
तर उत्तर प्रदेश राज्यबाट यात्रा गरेका तीर्थयात्री मुनेश्वर दास शास्त्रीले भने, ‘कुनै पनि प्रकारको डर छैन, हाम्रो सेनाले जताततै पहरा दिइरहेको छ । कसैले पनि हामीतिर औँला उठाउन सक्दैन ।’
भारतले यस कार्यक्रमका लागि सुरक्षा बढाएको छ । हिन्दु धर्मका संहारकर्ता देवता शिवलाई समर्पित उच्च उचाइको गुफामा पुग्ने कठिन यात्राको निरीक्षण गर्न उच्च प्रविधिको निगरानी उपकरणहरूसहित ४५ हजार सेना तैनाथ गरिएको छ ।
‘तीर्थयात्रीहरूलाई सुरक्षित र सहज बनाउन हामीसँग बहुस्तरीय र गहिरो सुरक्षा व्यवस्था छ’, मुस्लिम बहुल क्षेत्रका प्रहरी प्रमुख भीके बर्डीले भने ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया