महिला भलिबल खेलाडीको ‘प्लेयर अक्सन’ साउन २ देखि

काठमाडौं । भलिबलको ‘प्लेयर अक्सन’ पहिलोपटक महिला भलिबलमा सुरु हुन गइरहेको छ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग अन्तर्गतको उक्त कार्यक्रम आगामी साउन २ गते (जुलाई १८, २०२५) काठमाडौँमा आयोजना हुनेछ। ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितासहित यो प्रक्रिया नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने अपेक्षा गरिएको छ।
प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत, टोलीहरूले राष्ट्रिय स्टार खेलाडीहरू, नवप्रतिभा र उदाउँदा खेलाडीहरूबीचबाट आफ्नो टिम बनाउने अवसर पाउनेछन्। यस प्रक्रियाले पारदर्शी, प्रतिस्पर्धात्मक र प्रतिभामा आधारित छनोट सुनिश्चित गर्नेछ, जसले खेलाडीहरूको क्षमता र योगदानलाई सम्मान दिने आयोजकको भनाई छ।
‘यो अक्सन मात्र होइन, नेपाली महिला भलिबलको लागि एक ऐतिहासिक मोड हो’ वात्सल्य एभरेष्ट महिला भलिबल लिगले भनेको छ, ‘पहिलोपटक नेपाली महिला भलिबल खेलाडीहरू यस्तो व्यावसायिक संरचनामा प्रवेश गर्दैछन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानलाई संस्थागत मान्यता दिइन्छ। हामी सबैका लागि यो गर्वको विषय हो।’
अक्सन कार्यक्रम काठमाडौंमा, लिग पदाधिकारीहरू, फ्रेन्चाइज प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न हुनेछ।











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया