अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनकाे कति ?

काठमाडौं । अधिकांश बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन्। आज प्रकाशित सूचनाअनुसार अधिकांश बैंकहरुले साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।
हालसम्म प्राप्त १७ वटा वाणिज्य बैंकको सूचनाअनुसार १० वटाले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर राखेका छन्। दुईवटा वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ।
साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर नेपाल बैंकले ५.४० प्रतिशत, कृषि विकास बैंकले ५.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, सिटिजन्स बैंकले ५.५० प्रतिशत, एभरेष्ट बैंकले ६.२५ प्रतिशत, कुमारी बैंकले ५.४१ प्रतिशत, प्राइम बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत र नेपाल एसबीआई बैंकले ५.३५ प्रतिशत कायम गरेका छन्।
असारमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर नेपाल बैंकले ५.४५ प्रतिशत, कृषि विकास बैंकले ५.४५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेष्ट बैंकले ६.५५ प्रतिशत, कुमारी बैंकले ५.७१ प्रतिशत, प्राइम बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत र नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत कायम गरेका थिए।
यसैगरी साउनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर हिमालयन बैंकले ६ प्रतिशत र सानिमाले ६.५० प्रतिशत कायम गरेका छन्। असारमा हिमालयन बैंकले ५.५० प्रतिशत र ६.३३ प्रतिशत ब्याजदर कायम गरेका थिए।
साउनमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असारकै कायम गर्नेमा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिएका थिए। अब साउनमा यही ब्याजदर यी बैंकहरुले दिनेछन्।
त्यस्तै हालसम्म प्राप्त राष्ट्रियस्तरका ७ विकास बैंकहरुको सूचनाअनुसार सबैले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। साउनमा ब्याजदर घटाएर गरिमा विकास बैंकले ६.११ प्रतिशत, ज्योति विकास बैंकले ६.११ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ६.२५ प्रतिशत, कामना सेवा विकास बैंकले ६.१५ प्रतिशत, लुम्बिनी विकास बैंकले ६.११ प्रतिशत, महालक्ष्मी विकास बैंकले ६.११ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ६.११ प्रतिशत कायम गरेका छन्।
असारमा व्यक्तिगत मुद्दति निक्षेपमा महालक्ष्मी विकास बैंकले ६.१५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ६.२५ प्रतिशत कायम गरेका थिए भने अन्य ५ वटा बैंकले ६.५० प्रतिशत ब्याज दिएका थिए।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया