‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं । बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म ‘बजरंगी भाईजान’, सन् २०१५ मा रिलिज भएको थियो ।
‘बजरंगी भाईजान’ भावुक र प्रभावशाली फिल्म हो । जसमा सलमान खानले एक दयालु भारतीय युवाको भूमिका निभाएका थिए । फिल्ममा उनले एक बोल्न नसक्ने पाकिस्तानी बालिकालाई भारतबाट पाकिस्तानसम्म सुरक्षित पुर्याउने भावनात्मक यात्राको कथा बुनिएको छ ।फिल्मले मानवबीचको प्रेम, करुणा, र मानवताको सन्देश दिएको थियो, जसले दर्शकहरूलाई गहिरो रूपमा छोएको थियो ।
कबीर खानको निर्देशनमा बनेको यो कथा न केवल दर्शकहरूका लागि, तर समीक्षकहरूका लागि पनि एक विशिष्ट अनुभव साबित भयो । अहिले दर्शकहरू ‘बजरंगी भाईजान– २’ को प्रतीक्षामा छन् ।फिल्मका निर्देशक कबीर खानले एक अन्तर्वार्तामा खुलासा गरेका छन् कि उनी सलमान खानसँग पुनः सहकार्यको तयारीमा छन् र ‘बजरंगी भाईजान–२’ को सम्भावना बलियो बन्दै गएको छ ।
भारतीय मिडिया पिङ्कभिल्लासँगको अन्तर्वार्तामा कबीरले भने, ‘हामीले ‘बजरंगी भाईजान– २’ को बारेमा निश्चित रूपमा कुरा गरेका छौँ । आजकल फ्रेन्चाइजहरू निकै राम्रो गरिरहेका छन्, तर हामी दुई दशकजस्तो सबैभन्दा लोकप्रिय फिल्म ‘बजरंगी भाईजान’ को सिक्वेल बनाउँदा धेरै सावधानी अपनाउँदैछौँ । हामी केवल नामको लागि सिक्वेल बनाउने पक्षमा छैनौँ ।’
उनका अनुसार, यो फिल्म उनका लागि निकै व्यक्तिगत रुपमा अर्थपूर्ण छ ।
‘म ‘बजरंगी भाईजान– २’ निर्देशन गर्न पक्कै चाहन्छु, तर त्यो सही कारणका लागि होस्, गलत कारणका लागि होइन । म केवल बक्स अफिसको कमाइको लागि होइन, तर त्यो फिल्मको विरासतलाई न्याय दिन चाहन्छु,’ कबीरले स्पष्ट पारे ।
हालै कबीर खानको निर्देशनमा बनेको फिल्म ‘चन्दु च्याम्पियन’, जसमा कार्तिक आर्यन मुख्य भूमिकामा छन्, यसले बक्स अफिसमा मध्यम प्रतिक्रिया पाएको छ ।
अब दर्शकहरूको नजर केवल एकै कुरामा केन्द्रित छ, ‘बजरंगी भाईजान– २’ कहिले घोषणा हुनेछ ?

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया