विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर । कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम ‘विराटनगर किङ्स’ले भी–चित्र आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त गरेको छ।
यो स्ट्राटेजिक पार्टनरशिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शक वर्गसँग संलग्नता बढाउने र समग्र मार्केटिङ पहलहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
आफ्ना इनोभेटिभ स्ट्राटेजी र प्रमाणित ट्रयाक रेकर्डहरूका लागि परिचित भी(चित्र, डिजिटल मार्केटिङ, ब्रान्ड विकास, दर्शक संलग्नता र पीआर व्यवस्थापनमा सशक्त अनुभव राख्ने एक स्थापित मार्केटिङ एजेन्सी हो जसले अब विराटनगर किङ्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासहरूको जिम्मेवारी सम्हाल्ने छ।
“हामी भी–चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौं”, विराटनगर किङ्सका टिम मालिक वेङ्कटेश मुन्द्राले भने, “वहाँहरूको सिर्जनात्मक सोच र रणनीति हाम्रो दीर्घकालीन दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। यो सहकार्यले हाम्रो उपस्थिति थप मजबुत बनाउने र समर्थक तथा समुदायसँग हाम्रो सम्बन्धलाई थप गहिरो बनाउनेमा हामी विश्वस्त छौं।”
यसैगरी, भी–चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले भने, “विराटनगर किङ्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाउनु हाम्रो लागि गर्वको विषय हो। वहाँहरूको प्रतिबद्धता र जोश प्रेरणादायी छ, जसमा परम्परासँगको गहिरो सम्बन्ध पनि झल्किन्छ। हामी वहाँहरूको मौलिक पहिचानलाई उजागर गर्ने र रणनीतिक लक्ष्यहरू पूरा गर्न सघाउने सशक्त र प्रभावकारी क्याम्पेनहरू विकास गर्न तत्पर छौँ।”
विराटनगर किङ्स र भी–चित्र बीचको यो साझेदारीले नेपाल प्रिमियर लिगको आगामी सिजनमा इनोभेटिभ क्याम्पेन र दर्शकसँग बलियो संलग्नताको नयाँ अध्याय सुरु गर्ने संकेत दिएको छ।











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया