भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै

मुम्बइ । फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो।
दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि यो जोडी फेरि ठूलो पर्दामा फर्किने भएको छ । कंगना र माधवनले नयाँ प्रोजेक्टका लागि हात मिलाएका छन् ।
प्राप्त जानकारी अनुसार कंगना रनौत र आर माधवन मनोवैज्ञानिक थ्रिलर फिल्म सर्कलमा सँगै देखिनेछन् । दुबैको फर्किएपछि फ्यानहरु निकै उत्साहित छन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, आगामी फिल्म सर्कल एक प्यान इन्डिया फिल्म हो, जसको सुटिङ हिन्दी, तमिल र तेलुगुमा एकैसाथ हुनेछ । करिब एक वर्षदेखि निर्माण भइरहेको यसको छायांकन अन्तिम चरणमा पुगेको छ ।
रिपोर्टका अनुसार कंगना-माधवनको फिल्मको अन्तिम दृश्य तेलंगानाको हैदरावादको जुबली हिल्सको क्लब इल्युजनमा खिचिएको थियो। यो मनोवैज्ञानिक थ्रिलर भारतका विभिन्न स्थानहरु जस्तै उटी, जयपुर, चेन्नई र हैदरावादमा छायांकन गरिएको छ । यो फिल्म टिडेन्ट आर्टका रवीन्द्रनले निर्माण गर्दैछन्, जसले शीर्षक पुष्टि गरे र कंगना रनौतको कामको पनि प्रशंसा गरे।
यो चलचित्र दर्शकले यस विधामा पहिले देखेका चलचित्र भन्दा फरक रहेको पनि निर्माताले बताए । रिपोर्टमा विश्वास गर्ने हो भने फिल्म सर्कल आफ्नो किसिमको पहिलो साइकोलोजिकल थ्रिलर रहेको बताइएको छ । जसका कारण फ्यानमा पात्र र कथालाई लिएर उत्साह बढ्दै गएको छ । कंगना रनौत र आर माधवन दुवै आफ्नो दमदार अभिनयका लागि परिचित छन्, त्यसैले फ्यानहरू यो फिल्मको रिलिजको लागि उत्सुक छन्।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया