विश्व बुदोकैदो मार्सल आर्ट्समा सहभागी हुन नेपाली टोली अजरबैजान जाने

काठमाडौँ । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली अजरबैजानको बाकु जाने भएको छ । यही साउन ८ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।
प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, ‘अफिसियल’मा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठगायतले सफलताको शुभकामना दिदै बिदाई गर्नुभयो । नेपाली टोली भोलि अजरबैजान प्रस्थान गर्नेछन ।
















नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया