एनआरएन यूके चुनाव : नेतृत्वको खोजी, समुदायको पुनर्संरचना

लन्डन । बेलायतमा बसेका हामी नेपालीहरूको जीवनमा एनआरएन यूके संस्था एउटा पहिचान मात्र होइन, सुरक्षा, एकता, र समर्थनको प्रतीक पहन हो। यस संस्थाले वर्षौंयता प्रवासी नेपालीलाई जोड्ने, दु : खसुखमा साथ दिने, र मातृभूमिसँगको सम्बन्ध जीवित राख्ने भूमिका खेलेको छ। तर अहिले, संस्थामा देखा परेका आन्तरिक टकराव, निष्क्रियता, र पारदर्शिताको अभावले हामी सबैलाई गम्भीर सोच गर्न बाध्य बनाएको छ।
हामीले अब गहिरो आत्ममूल्यांकन गर्नुपर्छ— कस्तो नेतृत्वले हामीलाई फेरर एकताबद्ध पार्न सक्छ? कस्तो दृहिकोणले संस्थालाई विश्वासिलो बनाउँछ? एनआरएन यूकेको आगामी चुनाव यो सोचको सन्दर्भमा महत्वपूर्ण बनिरहेको छ। नेतृत्व अब केवल पद र प्रतिष्ठाको कुरा होइन, उद्देश्य र सेवाको विषय हो।
यही पृष्ठभूमिमा एक व्यक्ति अगाडि आएका छन् — राजेन्द्र पुडासैनी। उनले आफ्नो जीवनभर श्रमिक, विद्यार्थी, र समुदायको पक्षमा सक्रिय भूमिका खेलेका छन्। उनी ट्रेड युनियन अभियन्ता मात्र होइनन्, नेपाली डायस्पोराको पीडा, चाहना, र सम्भावनाको प्रहतहनहि हुन्। उनको उम्मेदवारीले संस्थालाई नयाँ दृटिकोण, इमानदारी, र समावेशिताको बाटोमा अगाडि बढाउने विश्वास दिलाएको छ।
राजेन्द्रको आवाज कुनै प्रचार शैलीमा गुञ्जिएको होइन — त्यो एकजना साधारण नेपालीको मनबाट निस्किएको आवाज हो, जसले आफ्नो समुदायलाई सुनेको छ, बुझेको छ, र सेवा गर्न तयार भएको छ। उनले “एक पटक नेपाली, सधैं नेपाली” भन्ने भावनालाई वास्तविक जीवनमा अर्थ दिने संकल्प गरेका छन्। बेलायतमा बसेका हामी सबै, चाहे जुनसुकै पृष्ठभूमिका हाैं — हाम्रो लागि यो नारा केवल भावनात्मक हैन, हामीलाई जोड्ने बन्धन हो। नेतृत्वले अब प्रत्येक नेपालीलाई अपनत्वको अनुभूति दिलाउन सक्नुपर्छ।
संस्थाको समस्या पारदर्शिताको कमीमा मात्र हैन, निर्णय प्रक्रियामा सहभागीता नभएकोमा पनि छ। कतिपय निर्णयहरू टेबुलमै सीमित हुन्छन्, सदस्यहरूलाई जानकारी हुँदैन। सदस्यता केवल रजिस्ट्रेसन नम्बरको रूपमा सीमित रहन्छ, प्रतिनिधित्वको अधिकारको अनुभूति हुँदैन। राजेन्द्रले यो प्रवृति बदल्न चाहेका छन्। उनले बजेट निर्माण प्रक्रिया सदस्यहरूको सहभागितामा हुने, प्रत्येक खर्च सार्वजनिक हुने र नेतृत्व हरेक निर्णयप्रति जवाफदेही बन्ने प्रणालीको कल्पना गरेका छन्।
गोर्खा समुदायको विषयमा पनि राजेन्द्रको दृहिकोण स्पष्ट छ। दुई सय वर्षभन्दा लामो समयसम्म बेलायती सेनामा सेवा गरेर पनि आज पहन कैयाैं गोर्खा वृद्धहरू विभेदपूर्ण पेन्सन प्रणाली र अपूरो सुविधाबाट पीडित छन्। उनी विशेषगरी जुलाई १९९७ भन्दा अगाडि सेवा निवृति भएकाहरूको पक्षमा बोल्न चाहन्छन् — उनी भन्छन्, “यो अधिकारको प्रश्न हो, श्रद्धाको होइन।” गोर्खा वृद्धहरूको न्याय र सम्मान संस्थाको प्राथमिक मुद्दा बन्नुपने उनको मत छ।
यस्तै, दोहोरो नागरिकताको विषयले धेरै नेपालीहरूको जीवनलाई असहज बनाएको छ। बेलायतमा परिवार बनाउने, करियर अगाडि बढाउने व्यक्तिहरूले मातृभूमिसँगको सम्बन्ध गुमाउनु पर्ने अवस्था एकदमै पीडादायक छ। राजेन्द्रको दृहिकोण स्पष्ट छ — दोहोरो नागररकता केवल कानुनी सुविधा होइन, आत्मपहिचान र सम्मानको प्रश्न हो। यस विषयमा संस्था निर्णायक भूमिका खेल्न सक्नुपर्छ , राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा दबाब सिर्जना गर्न सक्नुपर्छ ।
अर्काे महत्वपूर्ण क्षेत्र विद्यार्थी र श्रमिकहरू हुन्। बेलायतमा पढ्न र काम गर्न आएका नेपालीहरूको जीवन चुनाैतीपूर्ण छ। भाषा, नियम, मानसिक तनाव, कानुनी जटिलता — यस्ता धेरै समस्या सामना गरिरहेका छन्।
राजेन्द्रले एक ‘वेलफेयर डेस्के’ स्थापना गर्ने योजना अगाडि सारेका छन्, जहाँ शैक्षिक सल्लाह, कानुनी सहायता, र मानसिक स्वास्थ्य सहयोग उपलब्ध हुनेछ। उनले श्रमिक अधिकार संरक्षण, पारदर्शिता सञ्जाल, र नयाँ पुस्तालाई नेतृत्वदायी बनाउने कार्यक्रमहरू अघि सार्न चाहेका छन्।
स्कटल्यान्ड, वेल्स, र नर्दन आयरल्याण्डमा रहेका नेपाली समुदायको विषयमा पनि राजेन्द्र संवेदनशील छन्। यी क्षेत्रका नेपालीहरूले भोगिरहेका विशेष चुनाैतीहरू बुझ्न नेतृत्वले तल्लो तहसम्म पुग्नुपर्छ । स्रोतहरूको न्यायपूर्ण बाँडफाँड, निर्णयमा विकेन्द्रीकरण, र क्षेत्रीय आवाजलाई संस्थाको मुख्य निर्णयमा समावेश गरिनुपर्ने उनको स्पष्ट धारणा छ।
अन्तमा, नेतृत्वको प्रश्न केवल “को ?” भन्नेमा भन्दा “कसरी?” भन्नेमा केन्द्रित हुनुपर्छ । राजेन्द्रको शैली सुझाव दिने होइन — सँगै सल्लाह गर्ने हो। नीति बनाउने होइन — नीति बनाउने प्रक्रियामा समुदायलाई समेट्ने हो। बोल्ने होइन — सुन्ने हो। यस्तो नेतृत्वले मात्र टाढिएका सदस्यहरूलाई नजिक ल्याउन सक्छ, संस्थाको असल भविष्यको कल्पना गर्न सक्छ। उनको उम्मेदवारी केवल एक व्यक्ति चुनाव लड्दैछ भन्नेमा सीमित छैन — यो हजाराैं डायस्पोरा नेपालीको चाहनाको प्रतिबिम्ब हो। उनी हामी सबैलाई प्रतिनिधित्व गर्ने, सुन्न सक्ने, र अगाडि बढ्न प्रेरित गर्ने भावनाका साथ आएका छन्। यदि एनआरएन यूकेले फेरी आफ्नो पुरानो आत्मा फिर्ता ल्याउनुपर्छ भने ,सेवा, एकता र साझापनमा आधारित संरचना बनाउने हो भने यस्तो नेतृत्वलाई अब साथ दिन जरुरी छ।
(लेखक हाल बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवामा फार्मेसी व्यवस्थापकको रूपमा कार्यरत छन्।)









पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
झापामा सवारी दुर्घटनामा परी ४ महिनामा १७ जनाको मृत्यु
लुटपाटमा संलग्नहरुको नाम र ठेगाना उपलब्ध गराउन कास्की प्रहरीको आग्रह
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया