फ्रिस्टाइल किक बक्सिङबारे चारदिने ‘सेमिनार’ हुने

काठमाडौँ । नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक ‘सेमिनार’ आयोजना गर्ने भएको छ ।
विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो । कार्यक्रम यही साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडीबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिए ।
फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलका रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले बताए ।
सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहनुभएकी विन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताए । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनले बताए ।















एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया