फ्रिस्टाइल किक बक्सिङबारे चारदिने ‘सेमिनार’ हुने

काठमाडौँ । नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक ‘सेमिनार’ आयोजना गर्ने भएको छ ।
विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो । कार्यक्रम यही साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडीबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिए ।
फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलका रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले बताए ।
सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहनुभएकी विन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताए । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनले बताए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया