सोमबार, वैशाख १४, २०८३

ओलम्पिक विजेताको हिमाल आरोहणको क्रममा निधन

मेरोन्यूज २०८२ साउन १५ गते ८:२३

काठमाडौं । दुई पटककी ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल आरोहणको क्रममा निधन भएको छ। पाकिस्तानको लैला हिमाल आरोहण गरिरहेको समयमा पहिरोमा पुरिएर उनको निधन भएको हो।

Advertisement
NiccNicc

३१ वर्षीया राउराको पहिरोमा पुरिएर निधन भएको जर्मन ओलम्पिक कमिटीले पुष्टि गरेको छ। सोमबार बिहान डालमेयरसँगै हिमाल आरोहण गरिरहेकी मारिना इभाले खबर पठाएपछि तत्काल उनको उद्धार कार्य सुरु भएको थियो।

डाल मेयरले सन् २०१८को शीतकालीन ओलम्पिकमा स्प्रिन्ट र पर्सुटमा नै स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन्। त्यसको एक वर्ष पछि उनी विश्व च्याम्पियनसिपमा ५ स्वर्ण पदक जितेर कायम गर्न सफल थिइन्।

प्रतिक्रिया