नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्यभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताएका छन् ।
दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसका निम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गरेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
‘बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु’, उनले भने।
आगामी वर्षको लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनियाद्को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया