नेपालमा सार्वजनिक हुँदै एथर रिज्टा, कति पर्ला मूल्य ?

काठमाडौँ । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिज्टाको नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । यही साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
एक्स्पोमा सार्वजनिक हुने उक्त स्कुटर पारिवारिक स्कुटर भएको कम्पनीको भनाइ छ । एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषताहरू हुने कम्पनीको दाबी छ ।
एक्स्पोमा सहभागीहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन् ।
भारतीय बजारमा यो स्कुटर गत वर्ष अप्रिल ६ मा सार्वजनिक गरिएको थियो । यो स्कुटर एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिने बताइएको छ ।
भारतमा यो स्कुटरको सुरुवाती मूल्य १ लाख १२ हजार भारु छ अर्थात् करिब नेपाली १ लाख ८० हजार रूपैयाँ पर्छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया