नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने

काठमाडौं । एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ ।
आगमी साउन २४ देखि २७ गतेसम्म भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली टोली घोषणा गरिएको हो ।
नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । जसअनुसार टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् ।
सो टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ । सो प्रतियोगिताका लागि सावित्री पुर्जाको नेतृत्वमा हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको छ । सङ्घका महासचिव गोविन्द घिमिरेका अनुसार भारतको मौसमसँग मिल्नेगरी टोलीलाई बिगत एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको हो ।
भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया