बबई नदीमा जलसतहले खतराको तह पार गर्यो

काठमाडौं। बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ ।
विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ । तर, हाल सो तह पार गरेसँगै विशेषगरी बर्दिया र दाङमा बाढीको खतरा रहेकाले विभागले उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ ।विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए । ‘बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्दै छ,’ उनले भने।
मंगलबार काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ ।मंगलबार बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरूको जलसतह सतर्कता आसपास छभने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ ।
मंगलबार सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, म्याग्दी, प्यूठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालीकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्लामा बहने स-साना नदीहरूको जलसतह बढ्ने विभागले जनाएको छ ।
साथै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्लामा बहने स-साना नदीहरूको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
















ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ओलीले दर्ता गराए उम्मेदवारी
Gold and silver price continues surge
बाजुराका ६२ मतदानस्थल अति संवेदनशील
हर्क साम्पाङले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया