बुधबार, वैशाख २, २०८३

बीवाईडीको बहुप्रतिक्षित एट्टो-१ नेपालमा लञ्च, कति पर्छ मूल्य ? (भिडियाेसहित)

काठमाडौं । बीवाईडीकाे बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक एट्टो-१ ईभी आधिकारिक रुपमा लन्च गरेको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बुधबार नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याे गाडी लन्च गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

२ वटा भेरियन्टमा उपलब्ध गाडीको शुरुवाती मूल्य २८ लाख ९५ हजार रुपैयाँ रहेको छ। प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको साइमेक्स इंकले जनाएको छ।

डाइनामिक भेरियन्ट ३०.०८ किलोवाट आवर ब्याट्रीले २३० र प्रमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्रीले ३०० किमी रेञ्ज दिने बीवाईडीले जानकारी दिएको छ।

विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया