हुन्डाई नेपालले गर्यो ‘हुन्डाई असम अगस्ट’ योजना सार्वजनिक

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगस्ट’योजना सार्वजनिक गरेको छ।यो योजना काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ सम्म आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०८२’सँगै सञ्चालन हुनेछ। एक्स्पोमा हुन्डाईको स्टल नम्बर एल४ मा रहनेछ।योजना अवधिभर हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले रु। ८ लाखसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र अन्य विशेष छुटहरू पाउनेछन्। साथै, सबै गाडीमा ३ वर्षको वारेन्टी सुविधा पनि रहेको छ।
यस योजनाको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली जोडीले भियतनामको ३ रात ४ दिनको भ्रमण प्याकेज जित्नेछन्, जसको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ। एक्स्पो अवधिमा गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्।यसका साथै, स्टलमा गाडी बुक गर्ने ग्राहकहरूले दैनिक रूपमा बोस वासिङ मेसिन ह्याम्पर जस्ता आकर्षक उपहारहरू पनि जित्न सक्नेछन्।
हुन्डाईले ग्रान्ड आई१०, निओस, भेन्यु, क्रेटा आईस र ईभी तथा आयोनिक५ जस्ता आधुनिक मोडलहरूमार्फत नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ।कम्पनीले सम्पूर्ण गाडीप्रेमी तथा इच्छुक ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्स्पोमा रहेको हुन्डाईको स्टल नम्बर एल४ मा भ्रमण गरी योजनाको लाभ लिन अनुरोध गरेको छ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया