हुन्डाई नेपालले गर्यो ‘हुन्डाई असम अगस्ट’ योजना सार्वजनिक

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगस्ट’योजना सार्वजनिक गरेको छ।यो योजना काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ सम्म आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०८२’सँगै सञ्चालन हुनेछ। एक्स्पोमा हुन्डाईको स्टल नम्बर एल४ मा रहनेछ।योजना अवधिभर हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले रु। ८ लाखसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र अन्य विशेष छुटहरू पाउनेछन्। साथै, सबै गाडीमा ३ वर्षको वारेन्टी सुविधा पनि रहेको छ।
यस योजनाको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली जोडीले भियतनामको ३ रात ४ दिनको भ्रमण प्याकेज जित्नेछन्, जसको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ। एक्स्पो अवधिमा गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्।यसका साथै, स्टलमा गाडी बुक गर्ने ग्राहकहरूले दैनिक रूपमा बोस वासिङ मेसिन ह्याम्पर जस्ता आकर्षक उपहारहरू पनि जित्न सक्नेछन्।
हुन्डाईले ग्रान्ड आई१०, निओस, भेन्यु, क्रेटा आईस र ईभी तथा आयोनिक५ जस्ता आधुनिक मोडलहरूमार्फत नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ।कम्पनीले सम्पूर्ण गाडीप्रेमी तथा इच्छुक ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्स्पोमा रहेको हुन्डाईको स्टल नम्बर एल४ मा भ्रमण गरी योजनाको लाभ लिन अनुरोध गरेको छ।
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया