यू-२० महिला एसियन कप छनोट : साउदी अरेबियामाथि नेपालको जित

काठमाडौं । नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
जितसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालले सम्भावना जिवित राखेको छ ।
शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को तेस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को झिनो जित हासिल गरेको हो ।
यो नतिजासँगै नेपाल दुई खेलमा चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो ।
लगातार दोस्रो खेलमा पराजित साउदी अरेबियाको भने एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।
अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो ।
स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसकेपछि नेपालले पहिलो हाफमा अग्रता लिन सकेको थिएन ।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया