धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ
मेरोन्यूज
२०८२ साउन २९ गते ८:२३

धनुषा । धनुषामा गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । दुवैलाई आज मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
उनीहरूका साथबाट प्रहरीले दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा बा८७ना ९६७ नंको मोटरसाइकल चेक गर्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले एक राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि अर्को राउन्ड प्रहार गर्दा पप्पुको खुट्टामा लागेको थियो । घाइतेको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।
सम्बन्धित












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया