दिपल एस०५ एसयूभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लु ग्रुपले नयाँ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले यसलाई लक्जरी, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गर्दै ईभी क्षेत्रमा नयाँ स्तर कायम गर्ने दाबी गरेको छ।
बिहिबार काठमाडाैंमा आयाेजित एक समारोहमा नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा यो मोडल अनावरण गरेका थिए।

कम्पनीका अनुसार ‘दिपल एस०५’भित्र प्रवेश गर्नेबित्तिकै प्रिमियम र आरामदायी अनुभूति हुन्छ। अगाडिका दुवै सिट ‘वेलकमिङ’, ‘भेन्टिलेटेड’ र ‘हिटेड’ सुविधासहित छन्। ‘क्वीन को–पाइलट सिट’मा ‘जिरो ग्राभिटी’, लेग–सपोर्ट र ‘वन–टच न्यान्प मोड’को व्यवस्था छ।
याे गाडीकाे इन्टेरियरमा उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्स्ट्री’, ६४ रङको ‘एम्बियेन्ट लाइटिङ’ र १४ स्पिकरयुक्त ‘स्काई सराउन्ड साउन्ड सिस्टम’ दिइएको छ, जसमा बाहिरी प्रयोगका लागि विशेष ‘आउटडोर स्पिकर’ समेत छन्।
सामान बोक्नका लागि १५९ लिटर क्षमताको ‘फ्रंक’ यस सेग्मेन्टकै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ।
डिजाइनमा ‘शार्क नोज’ फ्रन्ट, अन्तरिक्षयान–प्रेरित हेडलाइट, फ्रेमलेस डोर, फ्लस ह्यान्डल, ‘स्टार फिडर’ एलईडी टेललाइट र ‘लुमिनस’ रियर लोगो जस्ता विशेषता छन्। चौडाइ १९०० मिमी र उचाइ १६०० मिमी भएकाले सडकमा यसको उपस्थिति बलियो देखिन्छ।
यसमा ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा छ, जसमार्फत साँचोको सहायताले साँघुरा स्थानमा पनि सजिलै गाडीलाई अगाडि र पछाडि सार्न सक्छ। साथै, ‘एडास २.०’ प्रणालीमा ‘ट्राफिक जाम असिस्ट’, ‘लेन सेन्टरिङ कन्ट्रोल’ र ‘फर्वाड कोलिजन वार्निंग’सहित १९ वटा सुरक्षा फिचर छन्।

कम्पनीकाे दाबी अनुसार सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ (AR HUD) दिइएको छ, जसले लाइभ नेभिगेसन र आवश्यक ड्राइभिङ सूचना देखाउँछ। १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’मार्फत इन्टरनेट कनेक्टिभिटी, स्पोटिफाई, युट्युब, अमेजन म्युजिक जस्ता एप प्रयोग गर्न सकिन्छ। स्मार्टफोनबाट एसी कन्ट्रोल, चार्जिङ शेड्युल र गाडीको लोकेशन जाँच्न सकिन्छ।
गाडीमा विश्वप्रसिद्ध सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको आयु ५ हजार चार्जिङ साइकल (करिब ६ लाख किलोमिटर) छ। एस०५ काे ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज गर्न १५ मिनेट मात्र लाग्छ।
६ किलोवाट क्षमताको ‘V2L’ प्रविधिबाट बाहिरी उपकरणमा पावर सप्लाई गर्न सकिन्छ। रियर–ह्विल ड्राइभ र ५०:५० वेट डिस्ट्रिब्युसनका कारण यसको ड्राइभिङ अनुभव सन्तुलित हुन्छ। गाडीको ‘एनईडीसी रेन्ज’ ४७० किलोमिटर रहेकाे छ।
यो मोडल प्लस र म्याक्स गरी दुई संस्करणमा उपलब्ध छ। प्लसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ भए पनि प्रारम्भिक मूल्य ४८ लाख ९९ हजार रुपैयाँ राखिएको छ। म्याक्सको मूल्य ५६ लाख ९९ हजार भए पनि सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

















इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया