पोखरामा बिवाइडीको नयाँ सोरुम र बिवाइडी सिलायन ७, ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा

पोखरा । नेपालमा बिवाइडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बिवाइडी सोरुम सञ्चालनमा ल्याएको छ ।
यसका साथै गण्डकी प्रदेशमा बिवाइडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बिवाइडी सिलायन ७’लाई सार्वजनिक गरिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित भएको उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरू र बिवाइडीका प्रशंसकहरूको सहभागिता रहेको थियो ।
बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बिवाइडीको नवीनतम कर्पोरेट आइडेन्टिटी÷भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ ।
यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ।
सोरुमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउनेछ, जसले बिवाइडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रूपमा मेल खाने सुनिश्चित गर्दछ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, “पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ सोरुम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौँ। बिवाइडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिसनको प्रतिनिधित्व गर्छ ।”
पोखरामा रहेका सम्पूर्ण बिवाइडी सर्भिसमा संलग्न कर्मचारीहरूले बिवाइडी हेडक्वाटरका प्रतिनिधिहरूबाट तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ ।
यस विस्तारका साथै, साइमेक्सले पोखरामा आफ्नो सञ्चालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम् इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बिवाइडीको नेतृत्वलाई अझ बलियो बनाएको छ ।

















बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया