चर्चित युट्युबर एल्विश यादवको घरमा दुई दर्जन राउन्ड गोली प्रहार
मेरोन्यूज
२०८२ भदौ १ गते १२:१७

मुम्बई । भारतका चर्चित युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान ६ बजे भएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार, आइतबार बिहान साढे ५ देखि ६ बजेको बीचमा मोटरसाइकलमा आएका तीन जनाले लगातार दुई दर्जनभन्दा बढी पटक गोली चलाएका थिए।
गोली चल्दा एल्विश घरमा थिएनन्। यद्यपि, उनकी आमा र कामदार घरमै थिए। प्रहरीमा उजुरी दर्ता भएसँगै घटनाकाे अनुसन्धान सुरु गरिएको छ।
प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको छ र यसको लागि क्षेत्र वरपरका सीसीटीभी क्यामेराहरू स्क्यान गरिँदैछ। अहिलेसम्म कुनै पनि समूहले यो गोलाबारीको जिम्मेवारी लिएको छैन।
सम्बन्धित













रहबर अन्सारीले छाडे पार्टी
Government prepares for observing National Yoga Day
अमेरिकाका राजदूत थम्सनले गरे राष्ट्रपतिसँग बिदाइ भेट
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
Labour Ministry takes decisions in favour of EPS exam graduates
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
प्रतिक्रिया