चर्चित युट्युबर एल्विश यादवको घरमा दुई दर्जन राउन्ड गोली प्रहार
मेरोन्यूज
२०८२ भदौ १ गते १२:१७

मुम्बई । भारतका चर्चित युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान ६ बजे भएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार, आइतबार बिहान साढे ५ देखि ६ बजेको बीचमा मोटरसाइकलमा आएका तीन जनाले लगातार दुई दर्जनभन्दा बढी पटक गोली चलाएका थिए।
गोली चल्दा एल्विश घरमा थिएनन्। यद्यपि, उनकी आमा र कामदार घरमै थिए। प्रहरीमा उजुरी दर्ता भएसँगै घटनाकाे अनुसन्धान सुरु गरिएको छ।
प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको छ र यसको लागि क्षेत्र वरपरका सीसीटीभी क्यामेराहरू स्क्यान गरिँदैछ। अहिलेसम्म कुनै पनि समूहले यो गोलाबारीको जिम्मेवारी लिएको छैन।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया