झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा। जिल्लाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण विद्युत् प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ। जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन्।
करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए। अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन। अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ।
यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ। बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो। उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।









एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया