विद्यालय शिक्षा विधेयक निजी विद्यालयमैत्री बनाउन माग

काठमाडौँ। निजी विद्यालयका सञ्चालकले ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संशोधनको माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विधेयकमा समावेश ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने माग गरेका हुन् ।
त्यसैगरी, विद्यालयमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खानाखाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने र छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठनगरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने निजी विद्यालय सञ्चालकको माग छ । निजी विद्यालय सञ्चालकले सरकारसमक्ष पटकपटक माग राखे पनि मागप्रति बेवास्ता गरेको गुनासोसमेत गरेका छन् ।
















कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया