सङ्खुवासभामा डेंगी नियन्त्रण अभियान

खाँदबारी (सङ्खुवासभा) । डेंगीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेंगीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा संघसंस्थाहरू सहभागी भएका थिए ।
उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेंगीका लक्षण र रोकथामबारे जानकारीसहितका पर्चा वितरण गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेंगी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामको लामखुट्टेले सफा पानीमा फुल पार्ने बिहान र बेलुका सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएको बताएका छन् । वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन् ।
















Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया