कोरिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने पक्राउ
मेरोन्यूज
२०८२ भदौ ५ गते १९:३२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका-(१ घर भई काठमाडौँ महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितबाट कोरिया पठाइदिन्छु भनी १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
सम्बन्धित














कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया