साफ यु–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
मेरोन्यूज
२०८२ भदौ ८ गते १०:०४

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने भुटानलाई हराएको थियो । यस्तै, भारतसँग हार बेहोरेको बङ्गलादेशले भुटानलाई पराजित गरेको थियो ।साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाल र बङ्गलादेशबीच ६ खेल भएका छन् । जसमा बङ्गलादेशले चार र नेपालले एक खेलमा जित हासिल गरेकाे छ । एक खेल बराबरी भएको थियो ।
राउण्ड रोबिन पद्धतिमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध खेल्ने छन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् ।नेपालले भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।
सम्बन्धित
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया