साफ यु–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
मेरोन्यूज
२०८२ भदौ ८ गते १०:०४

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने भुटानलाई हराएको थियो । यस्तै, भारतसँग हार बेहोरेको बङ्गलादेशले भुटानलाई पराजित गरेको थियो ।साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाल र बङ्गलादेशबीच ६ खेल भएका छन् । जसमा बङ्गलादेशले चार र नेपालले एक खेलमा जित हासिल गरेकाे छ । एक खेल बराबरी भएको थियो ।
राउण्ड रोबिन पद्धतिमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध खेल्ने छन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् ।नेपालले भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।
सम्बन्धित










यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया