नेपाल बांङ्लादेशसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा नेपाल बांङ्लादेशसँग पराजित भएको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३-० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अंक जोडेको बांङ्लादेश दोस्रो स्थानमा छ ।
पराजित नेपाल समान खेलबाट तीन अंकका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २-१ गोलले हराएको थियो ।
यसैगरी भुटानलाई ३-१ ले हराएको बांङ्लादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो । बांङ्लादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बांङ्लादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बांङ्लादेशलाई सहज जित दिलाइन् ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया