साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
मेरोन्यूज
२०८२ भदौ ११ गते ८:४९

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ ।
गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।
प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ ।
सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया