चलचित्र ‘जेरी अन टप’ को टिजर : २ दिनमै १० लाखबढी भ्यूज
काठमाडौँ । चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ ।
अनमोल केसीको मूख्य भूमिका रहेको फिल्मको कथावस्तु सगरमाथा आरोहण र त्यहाँको पदयात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।
सोमबार बेलुका सार्वजनिक गरिएको ‘जेरी अन टप’ काे टिजरले हालसम्म १० लाख भन्दा बढी भ्यूज बटुलिसकेकाे छ ।
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीलगायतकाे अभिनय छ ।
फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
चलचित्रको पटकथा हेमराज बीसी हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् ।
फिल्म आगामी असोज ३१ गते (१७ अक्टोबर) प्रदर्शन हुनेछ । नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले यो चलचित्रको वितरण अधिकार लिएका छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया