स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८२ भदौ १२ गते १८:१५

काठमाडौं। वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–१२ बस्ने बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई प्रहरीले पक्राउ गरेको हो ।
छबिन्द्रले स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ३१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।
सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया