आसामविरुद्ध नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौं। नेपाल ‘ए’ ले दोस्रो अभ्यास ट्वान्टी-२० खेलमा जित हासिल गरेकाे छ । घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्ध ९६ रनको सहज जित दर्ता गरेको हाे ।
नेपालको जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा नेपाल डेकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १५ रनले पराजित भएको थियो ।
शुक्रबार गुवाहटीमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमै समेटियो ।
आसामका लागि रुहिनन्दन पेगुले १७, शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाए ।
नेपालका लागि युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान एक विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेकाे थियाे ।
नेपालका लागि सन्दीप जोराले ३५, पवन सर्राफ र देव खनालले समान ३१, बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ र आदिल आलम अन्सारीले १४ रन बनाए ।
आसामका लागि आकाश सेनगुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोइले समान एक विकेट लिए ।
शृंखलाको तेस्रो खेल शनिबार हुनेछ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया