गल्छीबाट १० किलो गाँजासहित एक जना पक्राउ
मेरोन्यूज
२०८२ भदौ १३ गते २१:२८

काठमाडौं । धादिङको गल्छीबाट प्रहरीले १० किलो लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो १ बजेतिर गल्छी गाउँपालिका–६ स्थित कार्की डाँडातर्फबाट महेश दोभानतर्फ आउँदै गरेको जाँच गर्दा स्कुटरमा राखेर ल्याइएको १० किलो २४० ग्राम लागुऔषध गाजा प्रहरी टोलीले बरमद गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ नयाँ बस्ने २९ वर्षीय सञ्जय केसी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
पक्राउ परेका केसीमाथि धादिङ जिल्ला अदालतबाट ७ म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।
सम्बन्धित












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया